महोत्तरीको केही पालिकामा मतगणना सुरु — OSNepal

महोत्तरीको केही पालिकामा मतगणना सुरु

LC (KTM) May 14, 2022 0

महोत्तरी, ३१ वैशाख :

महोत्तरीमा मतगणनाको विषयमा सर्वदलीय छलफल जारी छ । जिल्लाका १५ वटै स्थानीय तहमा मतगणनाको मापदण्ड र मतगणनाको समय निर्धारण गर्न छलफल जारी रहेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ । १५ वटा स्थानीय तहमध्ये जिल्लाको उत्तरी क्षेत्रमा रहेका बर्दिबास नगरपालिका र गौशाला नगरपालिकामा भने अहिले मतगणना सुरु गर्ने निर्णय भएको छ ।

बर्दिबास नगरपालिकामा वडा नम्बर ८ मतगणना सुरु गर्ने तयारी भैइरहेको छ भने गौशाला नगरपालिकामा कहाँबाट गर्ने भन्ने समबन्धमा अझै निर्णय हुन सकेको छैन ।

निर्वाचन कार्यालयका अनुसार जिल्लाको जलेश्वर नगरपालिकामा बिहान ८ वजेवाट मतगणना सुरु हुनेछ भने महोत्तरी गाउँपालिकामा बिहान ९ बजेवाट सुरु गरिने सर्वदलीय छलफलवाट सर्वसम्मत पारित भएको छ ।

जिल्लाका सबै ठाउँको मतपेटिका मतगणनास्थलमा पुर्‍याइ सकिएको छ । ४९७ मतदान केन्द्र र २५८ मतदानस्थलमा ७० प्रतिशत मत खसेको निर्वाचन आयोग महोत्तरीले जनाएको छ ।

जिल्लामा जम्मा ७२० पदको लागि ४५६६ जना उम्मेदवार चुनावी मैदानमा छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर