रसुवाको चारवटा गाउँपालिकामा मतगणना जारी — OSNepal

रसुवाको चारवटा गाउँपालिकामा मतगणना जारी

LC (KTM) May 14, 2022 0

रसुवा, ३१ वैशाख-रसुवाको चारवटा गाउँपालिकामा मतगणनाको कार्य जारी छ । जिल्लाको पाँचवटा गाउँपालिकामध्ये चारवटा गाउँपालिकामा मध्यरातिदेखि नै मतगणनाको कार्य सुरु गरिएको हो ।

उत्तरगया, कालिका, नौकुण्ड र आमाछोदिङ्मो गाउँपालिकामा मध्यरातदेखिनै मतगणनाको कार्य सुरु गरिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।

गोसाइँकुण्ड गाउँपालिकाको भने शनिबार बिहान हेलिकप्टरबाट मतपेटिका ल्याएपछि मात्र मतगणना सुरु हुने जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले बताए । शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा रसुवामा ७७ प्रतिशत मत खसेको थियो ।

जिल्लाको उत्तरगयामा ८ हजार ४ सय २, कालिकामा ८ हजार ६ सय ५६, गोसाइँकुण्डमा ५ हजार ८ सय ९०, नौकुण्डमा १० हजार ५ सय ३७ र आमाछोदिङ्मो गाउँपालिकामा ५ हजार ६० मतदाता रहेका छन्। जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन्। जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ८५ महिला छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर