बेलायती सेनाका नेपाली क्याप्टेन विवेकजंग रानी एलिजावेथबाट सम्मानित — OSNepal

बेलायती सेनाका नेपाली क्याप्टेन विवेकजंग रानी एलिजावेथबाट सम्मानित

LC (KTM) June 13, 2021 0

काठमाडौँ- बेलायती सेनाका नेपाली क्याप्टेन विवेकजंग शाह रानी एलिजावेथबाट सम्मानित भएका छन् । उनी नी एलिजावेथबाट ‘क्विन वर्थ डे अनर’ पदकसहित सम्मानित भएका हुन् ।

क्विन्स गोर्खा लजिष्टिक रेजिमेन्टमा कार्यरत शाहलगायत सूचीमा रहेका सबैलाई बेलायती रक्षा सचिव बेन वालेन्सले बधाईं समेत दिएका छन् । उनले लायतमा रहेर विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यक्षमता प्रदर्शन गरेवापत ‘क्विन वर्थ डे अनरबाट सम्मानित भएका हुन् ।

यो पनि पढ्नुहोस- काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप्ने तयारी- काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो पार्दै फेरि १५ दिन थप्ने तयारी भएको छ । संक्रमण दरमा कमि आएपनि जोखिम कामयै रहेको भन्दै निषेधाज्ञा पुनः १५ दिन थप्ने तयारी भएको बताइएको छ । काठमाडौँमा प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञाका विषयमा छलफल गर्न आज दिउँसो २ बजेपछि राजधानीका तीन जना नै प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दै छ ।

बैठकले निषेधाज्ञाको विषयमा निर्णय गर्ने बताइएको छ । प्रमुख जिल्ला अधिकारी पराजुलीले जारी निषेधाज्ञा थपिए पनि अहिलेको भन्दा केही खुकुलो गर्ने तयारी रहेको पराजुलीले बताए । त्यस्तै बिहान ९ बजेसम्म खाद्यान्न तथा पसल र तरकारी पसल खुल्दै आएकमा त्यसलाई केही थप गरिने छ। यसबाहेक पूर्ण स्वास्थ्य मापदण्ड अनिवार्य पालना गराउँदै निजी सवारी साधन जोरबिजोर लागु गर्नेसम्मको प्रशासनको तयारी रहेको बताइएको छ ।पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोलि सकिदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर