इच्छाकामना–१ को अध्यक्षमा माओवादीका सन्तबहादुर राना विजयी — OSNepal

इच्छाकामना–१ को अध्यक्षमा माओवादीका सन्तबहादुर राना विजयी

LC (KTM) May 14, 2022 0

चितवन, ३१ वैशाख-चितवनमा पाँच दलीय गठबन्धनले विजय सुरुवात गरेको छ । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना–१ को वडाध्यक्षमा गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सन्तबहादुर राना विजयी भएका छन् ।

राना १० मतान्तरले विजयी भएका हुन् । उनले ६३९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका नन्दुलाल गिरीले ६२९ मत ल्याएका हुन् । इच्छाकामना-१ मा एक हजार ३२६ मत खसेको थियो ।

एक हजार ३२६ मत गणना गर्दा गाउँपालिकाको अध्यक्षको उम्मेदवार एमालेका दानबहादुर गुरुङले ६२३ र कांग्रेसकी गीताकुमारी गुरुङले ५८३ मत ल्याएकी छन् ।

उपाध्यक्षका उम्मेदवार एमालेकी माया सिलवालले ६३० र माओवादी केन्द्रका प्रताप गुरुङले ५९८ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर