लुम्बिनी प्रदेशसभामा आज पारित हुने नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाले गर्यो,आफ्ना सांसदहरुलाई ह्वीप जारी — OSNepal

लुम्बिनी प्रदेशसभामा आज पारित हुने नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाले गर्यो,आफ्ना सांसदहरुलाई ह्वीप जारी

LC (KTM) June 13, 2021 0

बुटवल ३० जेठ । प्रदेश प्रमुख धर्मनाथ यादवले जेठ २५ गते लुम्बिनी प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम समयसापेक्ष र जनपक्षीय नभएको भन्दै जनता समाजवादी पार्टी जसपाले आफ्ना सांसदहरुलाई नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रमको आज पारिच गर्ने कार्यसुची रहेकाले जसपाले यस्तो आदेश दिएको हो । लुम्बिनी प्रदेशमा भएका जसपाका सांसदहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल, सुमन शर्मा रायमाझी र संसदीय दलका नेता सहषराम यादवलाई जसपाकी संसदीय दलकी प्रमुख सचेतक पूरमति ढेंगा मगरले पत्र मार्फत विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर