काठमाडौं महानगरको मत मतगणना गर्न ३० दिन लाग्ने अनुमान — OSNepal

काठमाडौं महानगरको मत मतगणना गर्न ३० दिन लाग्ने अनुमान

LC (KTM) May 15, 2022 0

काठमाडौं १ जेठ । स्थानीय तह निर्वाचनको मत परिणाम आइरहँदा काठमाडौं महानगरपालिकाको मत परिणाममा भने केहि ढिलाई भइरहेको छ ।

१ लाख ९१ हजार मत खसेको काठमाडौमा पछिल्लो २४ घण्टामा ६ हजार मात्र मत पत्रगणना भएको छ । यो आकडा अनुसार मतगणना हुँदै जाने हो काठमाडौं महानगरपालिकाको मतगणना गर्न ३० दिन भएको छ ।

यता निर्वाचन आयोगले जेठ ६ गतेसम्म परिणाम नआए संवैधानिक रूपमा रिक्तताको अवस्था आउने उल्लेख गरेको छ ।

तर, मुख्य निर्वाचन अधिकृतहरूले मतगणना छिटो गर्ने विषयमा ध्यान नदिएको देखिएको छ । गएको निर्वाचनमा भने , काठमाडौं महानगरको मतगणना गर्न १४ दिन लागेको थियो।

निर्वाचन आयोगले प्रधानमन्त्री समक्ष निर्वाचनको मिति तोक्ने समयमा राखिएको प्रस्तावमा यस्तो उल्लेख गरिएको छ ,’नेपालको संविधानको धारा २१५ को उपधारा (६), धारा २१६ को उपधारा (६) र धारा (२) को उपधारा (५) तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ र दफा ५५ बमोजिम संवत् २०७९ जेठ ५ मा समाप्त हुने भएकोले त्यस अगावै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु नेपाल सरकार तथा निर्वाचन आयोगको संवैधानिक एवम् कानुनी दायित्व’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर