हेटौंडा उपमहानगरपालिकामा दोस्रो स्थानमा उक्लियो राप्रपा, पहिलोमा गठवन्धन दलको अग्रता — OSNepal

हेटौंडा उपमहानगरपालिकामा दोस्रो स्थानमा उक्लियो राप्रपा, पहिलोमा गठवन्धन दलको अग्रता

LC (KTM) May 15, 2022 0

हेटौडा १ जेठ । हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना लामा अग्रस्थानमा परेकी छन् । पहिलो स्थानमा उक्लिएको एमालेलाई तेस्रो स्थानमा पुर्याउँदै एकीकृत समाजवादीकी
मीना लामा पहिलो पुगेकी हुन् ।

पछिल्लो मतगणना अनुसार उनले २ हजार २७४ मतसहित अगाडी आएकी छन् । दोस्रोमा राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह रहेका परेका छन् । उनले २ हजार २२५ मत प्राप्त गरेका छन् ।

सुरुवाती मत गणनामा पहिलो स्थानमा पुगेको एमालेका उम्मेदवार अनन्त पौडेल २ हजार ११२ मत पाएका छन् । हाल हेटौंडा १, २, १८ र १९ नम्बर वडामा मतगणना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर