भरतपुरमा एमालेका सुवेदीले घटाए मतान्तर, रेणुलाई पर्यो दबाब — OSNepal

भरतपुरमा एमालेका सुवेदीले घटाए मतान्तर, रेणुलाई पर्यो दबाब

LC (KTM) May 15, 2022 0

चितवन १ जेठ । भरतपुर महानगरपालिकामा अहिले सम्म पाँच हजार ६७७ मत गणना भएको छ । जसमा सत्ता गठवन्धनको तर्फबाट उम्मेदवार दिएकी माओवादी केन्द्रकी रेणु दाहालले आफ्नो अग्रता कायम नै राखेका छन् ।

उनले पछिल्लो मत परिणाम अनुसार २ हजार ६ मत ल्याएकी छन् । उनलाई पछयाउँदै नेकपा एमालेका विजय सुवेदीले एक हजार ९५४ मत पाएका छन् । करिब ४५ मत अन्तरले अगाडी परेकी रेणुमाथि अब दवाव परेको छ ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले हालसम्म ६५१ मत पाएका छन् । उपमेयरमा पनि गठवन्धनकै कांग्रेसका चित्रसेन अधिकारीले २ २०१ मत ल्याउँदै अगाडी देखिएका छन् ।

उपमेयरमा नै राप्रपाकी हिमला गुरुङले एक हजार ५७१ मत पाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर