स्याङ्जाको हरिनास गाउँपालिकामा दोस्रो पटक कांग्रेसलाई हराउँदै एमालेका खिमनारायण मानन्धर विजय — OSNepal

स्याङ्जाको हरिनास गाउँपालिकामा दोस्रो पटक कांग्रेसलाई हराउँदै एमालेका खिमनारायण मानन्धर विजय

LC (KTM) May 15, 2022 0

स्याङजा १ जेठ । स्याङ्जाको हरिनास गाउँपालिकामा दोस्रो पटक नेकपा एमालेका खिमनारायण मानन्धर विजयी भएका छन् ।

आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका टोमबहादुर भुजेललाई ३७ मतान्तरले पराजित पार्दै मानन्धर दोस्रो पटक निर्वाचित भएका हुन् ।

मानन्धरले ४ हजार ७ सय ६९ पाएका थिए भने कांग्रेसका भुजेलले ४ हजार ७ सय ३२ मत पाएका थिए ।

साथै, उपाध्यक्षमा पनि एमालेकी इन्द्रकुमारी थापा रानाले ४ हजार ७ सय ४० मत ल्याउँदै विजयी भएकी हुन् ।

उनले आफ्ना प्रतिद्धन्दी नेकपा माओवादीकी मिठु लम्साललाई २४ मतले पराजित गर्दै विजयी भएकी हुन् । लम्सालले ४ हजार ७ सय १६ मत पाएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर