एमालेले सिङ्गो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो : गगन थापा — OSNepal

एमालेले सिङ्गो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो : गगन थापा

LC (KTM) May 16, 2022 0

काठमाडौं २ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेले निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु प्रत्येक मतदाताको अभिमतको अवमूल्यन भएको बताएका छन् । प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्ने समेत धैर्यता नराखी एमालेले

निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु नै मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन गर्नु भएको महामन्त्री थापाले बताएका हुन् । मतदानसम्म ठिक,मतगणनाको प्रारम्भमा पनि ठिक तर, प्रारम्भिक विवरण आउन थालेपछि यस्तो प्रश्न गर्नु उचित नहुने थापाले बताएका हुन् ।

उनले भनेका छन् , ‘मतदानसम्म ठिक,मतगणनाको प्रारम्भमा पनि ठिक तर, प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्ने समेत धैर्यता नराखी नेकपा एमालेले सिङ्गो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर