एमालेको लालकिल्ला रहेको गुल्मीको मुसिकोट नगरपालिकामा कांग्रेसले गाड्यो किल्ला, २४ वर्षीय दलित समुदायका युवक बने वडाध्यक्ष — OSNepal

एमालेको लालकिल्ला रहेको गुल्मीको मुसिकोट नगरपालिकामा कांग्रेसले गाड्यो किल्ला, २४ वर्षीय दलित समुदायका युवक बने वडाध्यक्ष

LC (KTM) May 16, 2022 0

गुल्मी २ जेठ । गुल्मीको मुसिकोट नगरपालिकामा दलित समुदायका २४ वर्षीय युवक वडाध्यक्षमा निर्वाचित भएका छन् ।

वडा नम्बर-८ साविक वामी गाविसका २४ वर्षीय रमेश रसौली बिक पहिलोपटक दलित समुदायबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।उनले एमाले उम्मेदवार नारायण सापकोटालाई ६९ मतले पछाडि पार्दै निर्वाचित भएका हुन् ।

बिकले ५९३ मत ल्याउँदा सापकोटाले ५२४ मत ल्याएर पराजय भोगेका हुन् । गठबन्धनको तर्फबाट उम्मेद्वार रहेका विक नेपाल दलित सघं मुसिकोट नगर सभापति समेत हुन् ।

विगत ३५ वर्ष देखि नेकपा एमालेको लालकिल्ला रहेको वडा न.८ तथा साविक वामी गाविसमा यस पटक कांग्रेसले वाजी मारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर