पोखराको मेयरका उम्मेद्धवार धनराजले करिब २ हजारले बढाए अग्रता, के छ काँग्रेसकी कोपिलाको अवस्था ? — OSNepal

पोखराको मेयरका उम्मेद्धवार धनराजले करिब २ हजारले बढाए अग्रता, के छ काँग्रेसकी कोपिलाको अवस्था ?

LC (KTM) May 18, 2022 0

पोखरा, ४ जेठ :

पोखरामा गठबन्धनले अग्रता करिव २ हजार पुर्‍याउन लागेको छ । मिश्रित दावी गरिएका वडाहरुको गणनामा गठबन्धन अघि देखिएको छ ।

मेयरमा धनराज आचार्यले १ हजार ८ सय ४५ मत अग्रता लिएका छन् । उनले १४ हजार ३ सय ६२ मत पाउँदा एमालेका कृष्ण थापाले १२ हजार ५ सय १७ मत पाएका छन् ।

उपमेयरमा गठबन्धनकी कोपीला रानाभाट भने झिनो अन्तरले अगाडि छिन् । उनले एमालेकी मन्जुदेवी गुरुङलाई ३ सय ९० मतले पछि पारेकी छिन् ।

कोपीलाको १४ हजार ६ सय ६६ मत आउँदा मन्जुको १४ हजार २ सय ७५ मत छ । हालसम्म ३४ हजार ६ सय १७ मत गणना भैसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै छ । २६,४२६ मत गणना हुँदा रेनुले ९५४२ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै, एमालेका विजय सुवेदीले ८ हजार ८७ मत प्राप्त गरी रेनुलाई पछ्याइरहेका छन् । अर्का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ३१५ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ३८२ मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरूङले ६ हजार ५९३ मत प्राप्त गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर