शपथ ग्रहणपछि सिद्धार्थनगरका मेयरकाे घाेषणा- आफूले पाएकाे मत बराबर वृक्षारोपण गर्छु — OSNepal

शपथ ग्रहणपछि सिद्धार्थनगरका मेयरकाे घाेषणा- आफूले पाएकाे मत बराबर वृक्षारोपण गर्छु

LC (KTM) May 20, 2022 0

भैरहवा, ६ जेठ -सिद्धार्थनगर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ लिएका छन । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।सिद्धार्थनगरका निर्वाचितनगर प्रमुख ईस्तियाक अहमद खानलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस धनसिंह महराले शपथ ग्रहण गराएका हुन । यस्तै नगरप्रमुख खानले उपप्रमुखसहित वडाध्यक्षहरुलाई सपथ ग्रहणगराएका छन् । सिद्धार्थनगरमा गठबन्धनबाट नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका ईस्तियाक अहमद खान नगर प्रमुखमा निर्वाचित भएका हुन् । उपप्रमुखमा नेकपा एमालेकी उमा अधिकारी निर्वाचित भएकी हुन ।

१३ वटा वडा रहेको सिद्धार्थनगरमा वडा नम्बर १ बाट जसपाका उज्जवल पोखरेल, २ बाट राप्रपाका छेदीलाल श्रीवास्तव, ३ बाट राप्रपाका नारायण उपाध्याय, ४ बाट राप्रपाका मुक्तिनाथ यादव, ५ बाट नेपाली कांग्रेसका पुरनप्रसाद श्रेष्ठ, ६ बाट नेपाली कांग्रेसका वीरेन्द्र नाथ श्रीवास्तव, ७ बाट नेपाली कांग्रेसका दामोदर शर्मा घिमिरे र ८ बाट पनि नेपाली कांग्रेसकै राजनजँग राणा निर्वाचित भएका छन । यस्तै वडा नम्बर ९ बाट एमालेका शेषकान्त भण्डारी, वडा नम्बर १० बाट एमालेका सुर्जमन अहिर, वडा नम्बर ११ बाट एमालेका दिलीपकुमार यादव, वडा नम्बर १२ बाट एमालेका कुमार गुरुङ र वडा नम्बर १३ बाट कांग्रेसका सोमबहादुर गुरुङ निर्वाचित भएका छन् ।

नवनिर्वाचित नगरप्रमुख खानले नगरमा छाडा चौपाया व्यवस्थापनका लागि कान्जी हाउस, डुबानको समस्यालाई हटाउन नाला सफाइ, क्रियापुत्री भवन लगायतको कामलाई प्राथमिकता दिँदै महिला विद्यार्थी तथा बालबालिकाका लागि विशेष प्याकेज ल्याउने बताए । उनले आफूले पाएको मत बराबर वृक्षारोपण गर्ने प्रतिबद्धता जनाउदै भएका वृक्षहरुको संंरक्षण र सम्वर्द्धनमा पनि नगरपालिका पछि नपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर