भारत छाडेर नेपाल आएकी चर्चित नायिका मनिषा कोईराला प्रहरीका हाकिमलाई भेट्न पुगेपछि — OSNepal

भारत छाडेर नेपाल आएकी चर्चित नायिका मनिषा कोईराला प्रहरीका हाकिमलाई भेट्न पुगेपछि

LC (KTM) June 14, 2021 0

बलिउडमा एक समय धुम मच्चाएकी नेपाली चेली तथा नायिका मनिषा कोईराला यो महामारीका बेला सहयोग गर्नमा जुटिरहेकी छिन् ।

उनले कहिले अस्पताललाई सहयोग गरिरहेकी छिन् त कहिले कोरोनाको चपेटामा परेका परिवारजनलाई सहयोग गरिरहेकी छिन् । उनले यो महामारीको बेला फ्रन्टलाईन खटिएर काम गर्ने नेपाल प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेकी छिन् । उनी सहयोग लिएर आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा पुगेकी हुन् ।

त्यहा उनले प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् । उनले हस्तान्तरण गरेको स्वास्थ्य सामाग्रीमा ४ हजार थान मास्क, ४ हजार थान फेस सिल्ड र १ हजार थान स्यानिटाईजर लगायत रहेको छ । फेसबुक पेज मार्फत कोईरालाले कोरोना महामारीमा मद्दत र उत्कृष्ट कार्य गरेको भन्दै नेपाल प्रहरी र सामाजिक अभियन्ताहरूलाई धन्यवाद समेत दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर