नेपाल संग युगाण्डा ३३ रनले पराजित — OSNepal

नेपाल संग युगाण्डा ३३ रनले पराजित

LC (KTM) May 21, 2022 0

युगान्डाविरुद्धको पाँचौ तथा अन्तिम टी–ट्वान्टी क्रिकेटमा नेपालले जित हाँसिल गरेको छ । आज त्रिवि मैदानमा नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले सिरिजको अन्तिम खेलमा पाहुना टोली युगान्डालाई ३३ रनले पराजित गर्दै जित हाँसिल गरेको हो । पाँच खेलको टी–ट्वान्टी सिरिजको समग्र नतिजामा भने युगान्डा ३–२ ले विजयी भयो । त्रिवि मैदानमा १ सय २४ रनको लक्ष्य पछ्याएको युगान्डाले ६ विकेट गुमाएर ९० रन मात्र बनाउन सकेको थियो ।

युगान्डाका लागि रिता मुसामालीले सर्वाधिक २६ रन बाहेक अन्य खेलाडीले संझन लायक प्रर्दशन गर्न सकेनन् । नेपालका लागि इन्दु वर्मा र सिता राना मगरले समान दुई दुई विकेट लिए । आस्मिना कर्मचार्य र हिरामाइ रोयले समान एक एक विकेट हात पारे । यसअघि, युगान्डाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो ।

नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४९ रन बनाईन् । सिताराना मगरले १७ रन बनाएको इनिङ्समा इन्दु वर्माले ८ रन बनाईन् । कबिता जोशीले नटआउट १८ रन बनाउदा अपसरी बेगम ११ रनमा आउट भईन् । रुबिना क्षेत्री र डोली भट्ट दुवै शुन्य रनमा पोविलियन फर्किए । युगान्डाका कान्सी अवेकोस र फियोना कुलुमेले समान एक एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर