उपचार गर्नै नसक्ने अवस्थामा पुगेपछि घरमा नै थला परेकी थिइन् निशा, उपचारसँगै आर्थिक संकलन समेत हुन थाल्यो — OSNepal

उपचार गर्नै नसक्ने अवस्थामा पुगेपछि घरमा नै थला परेकी थिइन् निशा, उपचारसँगै आर्थिक संकलन समेत हुन थाल्यो

LC (KTM) June 14, 2021 0

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेलाई चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले सहयोग गरेको छ । कोषले घिमिरेलाई ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । उक्त रकम कलाकार घिमिरका बुवालाई हस्तान्तरण गरिने छ ।

तीन वर्षअघि भारतको देहरादुनमा दुर्घटनामा परेपछि केही महिनाको उपचारपछि घिमिरे घरमै थिइन् । नवजीवन परोपकार समाज र नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरीको प्रयासमा बिहीबारदेखि निशाको उपचार नर्भिक अस्पतालमा भइरहेको छ ।सौर्य दैनिकमा खबर छ ।

उनको सम्पूर्ण उपचार नर्भिक अस्पतालले गरिदिने भएको छ । यसैबीच, घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । नवजीवनका संस्थापक अध्यक्ष दुर्गानाथ दाहालले निशाको स्वास्थ्यमा सुधार आएको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर