घोडा चढ्दा खुशी लाग्छ र साहासी कंगनालाई ? एकाबिहानै गरिन् सबैलाई चकित पार्ने पोस्ट — OSNepal

घोडा चढ्दा खुशी लाग्छ र साहासी कंगनालाई ? एकाबिहानै गरिन् सबैलाई चकित पार्ने पोस्ट

LC (KTM) June 14, 2021 0

बलिउड अभिनेत्री कंगना रनावत आईतबार बिहानै अचम्मको छाँटमा देखिईन् । बोल्न जतिको माहिर र साहसी छिन् काम गर्न नि उत्तिकै साहसी छिन् कंगना । उनले बिहान बिहान घोडसवारी गरेकी छिन् ।

उनले आफुले घोडसवारी गरेको भिडीयो इन्ष्टाग्राममा शेयर गरेकी छिन् । उक्त भिडियोमा उनले कालो रंगको पेन्टमा पहेलो शर्ट लगाएकी छिन् । उनी चढेको घोडा भने सेतो रंगको छ । यस तस्बिरका साथ उनले एकदमै राम्रो पोष्ट समेत लेखेकी छिन् । उनले क्याप्सनमा आज बिहानको घोडसवारी भन्दै लेखेकी छ्न् । उनी अब फिल्म थलाईवीमा देखिने भएकी छिन् । फिल्म रिलीज कोभीडको महामारीका कारण रोकीएको छ ।

यो पनि : ‘पानी पानी’ का कारण चर्चामा अभिनेत्री ज्याकलिन,भिडियो सार्वजनिक भएसँगै अत्याधिक रुचाइयो : । बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिज चलचित्र मात्रै नभएर पछिल्लो समय गीतका भिडियोमा समेत छाउन थालेकी छन् । यसैबीच उनी अभिनीत गीत ‘पानी पानी’ का कारण चर्चामा छन् । सार्वजनिक गीतको भिडियोमा अभिनेत्री ज्याकलिनले ¥यापर बादशाहसँग रोमान्स गरेकी छन् । यो गीतको भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । गीतमा बादशाहको शब्द तथा स्वर रहेको छ । बादशाहलाई गायिका आस्था गिलले स्वरमा साथ दिएकी छन् ।

पियुष भगत र शाजिया सामजीको कोरियोग्राफी रहेको भिडियोमा ज्याकलिनलाई निकै कामुक रुपमा प्रस्तुत गरिएको छ । सार्वजनिक भिडियोमा बादशाह र ज्याकलिनको केमिस्ट्री निकै सुहाएको छ । भिडियोका बारेमा अभिनेत्री ज्याकलिनले भनेकी छन्, ‘जब मलाई भिडियोमा काम गर्ने अफर आयो, मैले तुरुन्त हुन्छ भनेकी थिए । किनभने मलाई गीत राम्रो हुने बिश्वास थियो ।’ सौर्य दैनिकमा खबर छ ।त्यस्तै र्यापर बादशाले ‘पानी पानी’ गीत बनाउने र भिडियो सुट गर्ने काम एक सुन्दर यात्रा रहेको सुनाए । उनले भने, ‘आस्था र मैले गीत रेकर्ड गर्दा नै ज्याकलिनलाई यसमा समेट्ने सोच बनाएका थियौं ।’ भिडियो मरुभूमिमा छायांकन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर