भीम रावलको वडामा गोलाप्रथामा हारे एमाले उम्मेदवार — OSNepal

भीम रावलको वडामा गोलाप्रथामा हारे एमाले उम्मेदवार

LC (KTM) May 22, 2022 0

अछाम, ८ जेठ-नेकपा एमालेका नेता भीम रावलको वडामा नेकपा एमाले पराजित भएको छ ।अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरमा स्वतन्त्र उम्मेदार विजयी भएका छन् ।
एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला बिष्ट तथा स्वतन्त्रबाट मीन बहादुर बोहराको समान २२६ मत आएपछि गोला प्रथाबाट स्वतन्त्र उम्मेदार बोहोरा बिजयी भएका हुन्।

त्यस्तै पोखरामा शुक्रबार दिउँसोसम्म गठबन्धनको अग्रता थियो । मेयरमा धनराज आचार्य ३ हजार भन्दा बढी मतान्तरले अघि हुँदा उपमेयरमा कोपीला रानाभाट करिव ५ सय मतले अघि थिइन् ।शुक्रबार साँझदेखि उपमेयरको समीकरण फेरिएको छ । विस्तारै एमालेकी मन्जु गुरुङले अग्रता लिन थालिन् । अहिले अग्रतामा मात्रै छैन, फराकीलो भैसकेको छ ।

हालसम्मको नतिजा हेर्दा करिबकरिब यहाँको मेयरमा गठबन्धन उम्मेद्वार धनराज आचार्य र उपमेयरमा एमाले उम्मेद्वार मन्जु गुरुङले जित हात पर्ने सम्भावना देखिएको छ ।

अहिले आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ४ सय ३७ कायम राखेका छन् । १ लाख १२ हजार ५ सय ८० मत गणना हुदाँ आचार्यले ४५ हजार २७ मत पाए भने थापाले ४१ हजार ५ सय ९० मत ल्याएर पछ्याईरहेका छन् ।

राप्रपाका शंकर खरालले ४ हजार ९ सय ८७ मत ल्याउँदा स्वतन्त्र उमेद्वार लौरो चिन्हका खड्कराज पौडेलले २ सय ७ सय ५९ प्राप्त गरे ।उपमेयरमा गुरुङले ४७ हजार ३ सय २४ मत ल्याएकी छन् भने नेपाली कांग्रेसकी रानाभाटले ४४ हजार ९ सय ६४ मत ल्याइन् । उनीहरुबीचको मतान्तर २ हजार ३सय ६० पुगिसकेको छ ।

अब गणना हुन बाँकी रहेका वडाहरुमा एमालेको पकड छ । त्यसैले गुरुङको मतान्तर अझै बढ्ने आँकलन गरिएको छ । उपमेयरमै राप्रपाकी रन्जना सेनले ४ हजार ९ सय २७ मत प्राप्त गरेकी छन् । अब पोखरामा ३० हजार ६ सय ४६ मत गणना गर्न बाँकी छ ।

अहिले सम्म २४ वटा वडाको मतगणना सकिएको छ । जसमध्ये कांग्रेसले १७ र एमालेले ७ वडामा जीत दर्ता गरेको छ । अहिले पोखरा ११, १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ को मतगणना जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर