रङ्गेलीको प्रमुखमा एमाले, उपप्रमुखमा जनता समाजवादी — OSNepal

रङ्गेलीको प्रमुखमा एमाले, उपप्रमुखमा जनता समाजवादी

LC (KTM) May 22, 2022 0

विराटनगर, ८ जेठ-मोरङको रङ्गेली नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) तथा उपप्रमुखमा जनता समाजवादी पार्टी विजयी भएको छ । प्रमुखमा दिलीप बगडियाले १२ हजार ८५१ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मोदराज घिमिरेले नौ हजार ६१ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा एमालेका भूमाकुमारी पराजुलीले ११ हजार ७९० तथा उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका पन्नालाल मण्डलले पाँच हजार १७५ मत प्राप्त गर्नुभएको छ ।नौ वडा रहेको नगरपालिकामा सबै वडाध्यक्षमा एमाले विजयी भएको छ । वडा नं ६ मा जनता समाजवादी पार्टी नेपालकी सरस्वतीदेवी बहरदारले सदस्य पदमा जीत हासिल गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर