गुन्डोगान चम्किए पछि इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटी लाई — OSNepal

गुन्डोगान चम्किए पछि इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटी लाई

LC (KTM) May 22, 2022 0

इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । आइतबार राति सिजनको आफ्नो अन्तिम खेलमा एस्टन भिल्लालाई हराउँदै सिटीले उपाधी जितेको हो । तीन दुई गोल अन्तरले सिटीले भिल्लालाई पराजित गर्न सफल भयो । घरेलु मैदानमा दुई गोलको अग्रता उल्टाएर सिटीले जित निकालेको हो । खेलको ३७ औं मिनेटमा म्याटि क्यासले गोल गर्दै एस्टनलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ६९ औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दा एस्टन दुई शुन्यले अघि रह्यो । तर, इल्के गुन्डोगान चम्किएपछि सिटीले उत्कृष्ट पुनरागमन गर्यो ।

खेलको ७६ औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई दुई एकको स्थितिमा ल्याए । ७८ औं मिनेटमा रोड्रीले गोल गर्दा सिटीले खेल दुई दुई गोलको बराबरीमा ल्यायो । त्यसपछि खेलको ८१ औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई तीन दुई को जित दिलाए । जितसँगै सिटीले ३८ खेलमा ९३ अंक जोड्यो । सिटीले दोस्रो स्थानको लिभरपुललाई १ अंकले पछि पार्दै उपाधि जितेको हो ।लिभरपुलले ९२ अंक जोड्यो । एस्टन ४५ अंक जोडेर १४ औं स्थानमा रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर