हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर — OSNepal

हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

LC (KTM) May 23, 2022 0

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ७८ पैसा र बिक्री दर १२४ रुपैयाँ ३८ पैसा कायम गरेको छ। त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५४ रुपैयाँ ५८ पैसा र बिक्री दर १५५ रुपैयाँ ३३ पैसा छ।

स्वीस फ्रेङ्क एकको खरिद दर १२६ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर १२७ रुपैयाँ ५४ रहेको छ । युरोपियन यूरो एकको खरिद दर १३० रुपैयाँ ७४ पैसा र बिक्री दर १३१ रुपैयाँ ३७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ८८ पैसा छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ०७ पैसा र बिक्री दर ८७ रुपैयाँ ४९ पैसा छ । कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७१ पैसा र बिक्री दर ९ रुपैयाँ ७६ पैसा कायम भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर