आगामी आर्थिक वर्षका लागि बजेटको आकार १७ खर्ब २३ अर्ब रुपैयाँ बराबर — OSNepal

आगामी आर्थिक वर्षका लागि बजेटको आकार १७ खर्ब २३ अर्ब रुपैयाँ बराबर

LC (KTM) May 23, 2022 0

काठमाडौं ९ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब २३ अर्ब रुपैयाँ बराबरको बजेटको आकार ल्याउने तयारी गरेको छ ।

अर्थमन्त्रालयले आगामी आर्थिक वर्षका लागि चालु शीर्षकमा १० खर्ब ४९ अर्ब, पूँजीगत शीर्षकमा ४ खर्ब ५६ अर्ब ३६ करोड र वित्तीय व्यवस्थातर्फ २ खर्ब १७ अर्ब ६३ करोड रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको बताएको छ ।

सरकारले भोली जेठ १० गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँने भएको छ । साथै जेठ १५ गते नै संसदमा अनिवार्य रुपमा बजेट पेश गर्नु पर्ने प्रावधान समेत रहेको छ ।

आगामी वर्षमा ल्याउनको लागेको बजेटमा करिव ८५ प्रतिशत हिस्सा आन्तरिक राजश्व र ऋण तथा बाँकी वैदेशिक ऋणबाट व्यहोरिने मन्त्रालयले जनाएको छ ।

साथै, सरकारले आगामी आर्थिक वर्षको बजेटका लागि १४ खर्ब ५८ अर्ब ७ करोड रुपैयाँ बराबर आन्तरिक स्रोतबाट, ५० अर्ब ११ करोड रुपैयाँ बराबर वैदेशिकबाट र २ खर्ब १४ अर्ब ८० करोड वैदेशिक ऋण अनुदानमार्फत स्रोत व्यहोर्ने सरकारको योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर