ट्रोलले म र पत्नी दीपिकाको जीवनमा खासै असर पर्देन : रणवीर सिंह — OSNepal

ट्रोलले म र पत्नी दीपिकाको जीवनमा खासै असर पर्देन : रणवीर सिंह

LC (KTM) May 24, 2022 0

मुम्बई – अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण भारतीय चलचित्र उद्योग ९बलिउड० को निकै चर्चित जोडी हो। यी दुवै कलाकारले आफ्ना विभिन्न क्रियाकलाप सामाजिक सञ्जालमा सेयर गर्दै आएका छन्। उनीहरूको पोस्ट्मा प्रतिक्रिया जनाउनेको संख्या पनि ठूलै छ। सामाजिक सञ्जालमा बढी सक्रिय यी कलाकार ट्रोल्सको सिकार पनि बन्ने गरेका छन्। निकै आलोचना पनि खेप्ने गरेका छन्।

तर, अभिनेता रणवीरले ट्रोलले आफूहरूलाई केही फरक नपर्ने प्रतिक्रिया दिएका छन्। हालै एक भारतीय सञ्चार माध्यमसँग कुरा गर्दै रणवीरले ट्रोलले आफू र दीपिकाको जीवनमा खासै असर नपर्ने बताए। ‘ट्रोल ती व्यक्तिहरूले बनाउँछन् जसको जीवनमा केही कुरा अधुरो हुन्छ। तपाई जब कुनै व्यक्तिका बारेमा केही कुरा गर्दै हुनुहुन्छ र उसका नकारात्मक कुराहरूको चर्चा गर्नुहुन्छ। यसले तपाई आफै कस्तो मानिस हो भन्ने कुरा देखाउँछ। तपाईले सामाजिक सञ्जालमा जस्तो प्रतिक्रिया जनाउनु हुन्छ, त्यसबाट तपाईको व्यक्तित्व र सोचका बारेमा बुझ्न अरुलाई पनि सहज हुन्छ’, रणवीरले भनेका छन्, ‘त्यसैले म र मेरी श्रीमतीका बारेमा आएका नकारात्मक टिप्पणीले हामीलाई खासै फरक पार्दैन। हामी सकारात्मक र नकारात्मक दुवै टिप्पणीको सम्मान गछौं।’

रणवीरले सामाजिक सञ्जालमा आएका टिकाटिप्पणीका बारेमा कुरा गर्ने र तिनका बारेमा सफाइ दिनुपर्ने कुनै कारण नभएको पनि बताए। ‘म र मेरी श्रीमती कस्ता व्यक्ति हौं र हामीले कस्तो काम गरेका छौं भनेर सबैलाई थाहा छ। हामी दुवै जना राम्रो काम गर्नुपर्छ भन्नेमा विश्वास राख्छौं र जति सक्छौं त्यति राम्रो काम पनि गरिरहेका छौं’, उनले भनेका छन्, ‘अन्नपुर्ण पाष्टमा खबर छ । हाम्रा लागि यही नै काफी छ। हामीले कर्म गर्ने हो। त्यसका बारेमा चर्चा परिचर्चा त भई नै रहन्छ। हामी कहिले पनि गलत सोच्दैनौं। गलत काम गर्नुहुन्न भन्नेमा दृढ छौं। यति भएपछि जति ट्रोल भए पनि खासै फरक पर्दैन। यसले झन् राम्रो काम गर्न प्रेरणा दिन्छ।’

रणवीर सिंह अभिनित चलचित्र ‘जयेशभाइ जोडदार’ हालै रिलिज भएको छ। यस चलचित्रले राम्रो नराम्रो दुवै प्रतिक्रिया पाइरहेको छ। त्यसैले बक्स अफिसमा यो चलचित्रले कत्तिको तहल्का मच्चाउँछ, त्यो भने हेर्न बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर