एलिना चौहानको एकदमै मार्मिक गीत मनको बाघ सार्वजनिक — OSNepal

एलिना चौहानको एकदमै मार्मिक गीत मनको बाघ सार्वजनिक

LC (KTM) May 24, 2022 0

देशमा अहिले नारी हिंशाका घटना मौलाई रहेका बेला चर्चित गायीका एलिना चौहानको मनको बाघ बोलको फिमेल भर्सनको गीत सार्वजनिक भएको छ । यो गीतमा एक गायीका माथि भएको हिंशाको बारेमा मार्मिक ढंगले देखाईएको छ । एलिना आफैले अभिनय गरेको यस गीतको संगीत तथा रचना सचिन तिमल्सिनाको रहेको छ । संगीत संयोजन भने रिकेश गुरुङ्गको रहेको छ ।

एक गायीका जस्ले आफुलाई स्थापित गर्न संघर्षरत रहेको बेला उनी माथि भएको दर्दनाक हिंशा र त्यसले जिवनमा पारेको असरका बारेमा गीतमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ । यस गीतमा एलिना संगै रोशन सिंह र अनिमेसको अभिनय पनि देख्न सकिन्छ ।प्रकाश खड्काको छायाँकन रहेको यस गीतलाई बिक्रम चौहानले निर्देशन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर