गुजरात आईपीएल टी ट्वान्टी क्रिकेटको उपाधी नजिक — OSNepal

गुजरात आईपीएल टी ट्वान्टी क्रिकेटको उपाधी नजिक

LC (KTM) May 24, 2022 0

गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटको उपाधी नजिक पुगेको छ । मंगलबार राति भएको पहिलो क्वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै नवप्रबेशी टोली गुजरात उपाधी नजिक पुगेको हो । राजस्थानले दिएको १ सय ८९ रनको लक्ष्य गुजरातले १९ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो । गुजरातको जितमा डेभिड मिलरले विस्फोटक ब्याटिङ गर्दै अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ खेले ।

कप्तान हार्दिक पाण्डयले अविजित ४० रन जोडे । यस्तै सुबमन गिल र म्याथ्यु वेडले समान ३५ रन जोडे । राजस्थानका ट्रेन्ट बोल्ट र ओबेड म्याकक्वेले समान १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रनको स्कोर खडा गरेको थियो । राजस्थानका लागि जोस बट्लरले ८९ रनको अर्धशतकीय इनिङ खेले । कप्तान सन्जु सामसनले ४७ रन जोड्दा देबदुत पडिकलले २८ रन बनाए । गुजरातका मोहमद शामी, यश डयल, साई किशोर र हार्दिक पाण्डयले एक एक विकेट लिए।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर