आज अमेरिकी डलर सहित केही देशको मुद्राको मूल्य बढ्यो — OSNepal

आज अमेरिकी डलर सहित केही देशको मुद्राको मूल्य बढ्यो

LC (KTM) May 25, 2022 0

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। तोकेको विनिमय दर अनुसार आज आज अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ८४ पैसा र बिक्री दर १२४ रुपैयाँ ४४ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १५४ रुपैयाँ ८३ पैसा र बिक्री दर १५५ रुपैयाँ ८५ पैसा रहेको छ।

यस्तै युरो एकको खरिद दर १३२ रुपैयाँ ६५ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ८८ पैसा र बिक्री दर ३४ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ७० पैसा र बिक्री दर ८८ रुपैयाँ १२ पैसा छ।क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ३५ पैसा छ। साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ०२ र बिक्री दर ३३ रुपैयाँ १८ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ८८ पैसा र बिक्री दर ३४ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८० पैसा र बिक्री दर ९ रुपैयाँ ८५ पैसा कायम भएको छ। मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३० पैसा रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर