यस्ता चारबुँदे माग राख्दै आमरण अनशन बसे पुण्य गौतम ! — OSNepal

यस्ता चारबुँदे माग राख्दै आमरण अनशन बसे पुण्य गौतम !

LC (KTM) May 25, 2022 0

काठमाडौं :

पुण्य गौतम आमरण अनसन बस्ने भएका छन् ।जनसरोकारसँग सम्बन्धित विभिन्न चार बुँदे माग राख्दै उनी आज बाट अनसन बस्ने भएका हुन् । नलाई एमालेकै समर्थक तिलक कार्कीले अनसनका लागी साथ दिने बताइएको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ को कार्यालय अगाडि अनशनस्थल तय गरिएको छ ।

पेट्रोलियम पदार्थ र खाने तेलको मूल्यवृद्धि फिर्ता लिनुपर्ने, नेपाल विद्युत् प्राधिकरणले ग्राहकबाट लिइरहेको न्यूनतम चार्ज घटाउनुपर्ने , जेठदेखि लागू गरेको आइतबारे बिदा खारेज गर्नुपर्ने र निजी विद्यालयहरूले गरेको शुल्क वृद्धि फिर्ता लिनुपर्ने माग राख्दै अनसान बस्न लागेका हुन् । गौतमले आफूसँगै अनशन बसेर साथ दिन अरूलाई पनि अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर