बजेट महिलामैत्री बनाउन गृहमन्त्रीसमक्ष छ बुँदे ज्ञापनपत्र — OSNepal

बजेट महिलामैत्री बनाउन गृहमन्त्रीसमक्ष छ बुँदे ज्ञापनपत्र

LC (KTM) May 26, 2022 0

काठमाडौँ-नेपाली कांग्रेसले आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेट महिलामैत्री र संविधान प्रदत्त मौलिक हकअधिकार सुनिश्चित गर्न माग गरेको छ । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ नेतृत्वको कांग्रेस केन्द्रीय सदस्यको टोलीले गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर बजेट महिलामैत्री र संविधान प्रदत्त मौलिक हक र अधिकारलाई सुनिश्चित गर्न माग गर्दै छ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा लैङ्गिक हिंसाका घटनामा दोषी देखिएकालाई कारबाहीका लागि रहेको विद्यमान कानूनी व्यवस्था र सजायसम्बन्धी प्रावधानमा थप कडाइ गर्नुपर्ने, नेपालको संविधानको धारा ३८ मा उल्लेखित महिलाको हकबमोजिम सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकारको सुनिश्चितता, संविधानको धारा १२ बमोजिम आमाका नामबाट नागरिकता, समानता र समावेशिता, सामाजिक सुरक्षा र मूल्यवृद्धि र महँगीका विषय समेटिएका छन् ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाणले महिला नेतृको टोलीले उठाएका मुद्दामा मन्त्रालय सकारात्मक रहेको बताउनुभयो । “तपाईंहरूले उठाएका मुद्दामा मन्त्रालय सकारात्मक छ, गृह मन्त्रालयसँग सम्बन्धित विषयमा उठाएका विषय सम्बोधन गर्न मन्त्रालयले पहल थाल्छ”, गृहमन्त्री खाणले भन्नुभयो । भेटमा कांग्रेसका महिला केन्द्रीय सदस्य एवं सांसदको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर