बालेनको पक्षमा आज निकालिने र्‍यालीले काठमाडौँमा आवागमन प्रभावित बन्न सक्ने — OSNepal

बालेनको पक्षमा आज निकालिने र्‍यालीले काठमाडौँमा आवागमन प्रभावित बन्न सक्ने

LC (KTM) May 26, 2022 0

काठमाडौं :
काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको सुनिश्चित भएसँगै उनका सर्मथकहरुले धन्यवाद र्‍याली निकाल्ने तयारी थालेका छन् ।मतगणना सकिएर बालेनलाई विजयी घोषणा गरिएसँगै समर्थकहरुले विशाल र्‍यालीको तयारी गरेको बालेनको पक्षमा सक्रिय रहेका भिम उपाध्यायले जानकारी दिए ।

उपाध्यायका अनुसार अब तीनवटा वडाको मात्रै मतगणना सकिए लगत्तै मतगणनास्थल सभागृहबाट र्‍याली सुरु भएर काठमाडौंका भद्रकाली, शहीदगेट, हुँदै त्रिपुरेश्वर र कलंकीसम्म पुग्नेछ ।
त्यसत्े कलंकीबाट स्वयम्भु, बालाजु, महाराजगञ्ज, चाबाहिल, गौशाला, एयरपोर्ट, सिनामंगल, पुरानो बानेश्वर, मैतिदेवी, पुतलीसडक, बागबजार हुँदै खुल्लामञ्चमा गएर समापन गरिने उपाध्यायले बताए ।

यसअघि बुधबार आफ्नो जित सुनिश्चित भएपछि बालेनले हिजो सामाजिक सञ्जालमा स्टाटस लेख्दै विजयोत्सवको साटो धन्यवाद र्‍याली निकाल्न समर्थकलाई अपिल गरेसँगै आज निकाल्न लागिएको धन्यवाद र्‍यालीका कारण काठमाडौँको ट्राफिक व्यबस्थापन प्रभावित हुने देखिन्छ । र्‍यालीमा सहभागीको संख्या विशाल हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर