विदेश पठाई दिन्छु भनि २५ लाख ठगी गर्ने २७ वर्षीय सुजन काठमाडौंको बानेश्वरबाट समातिए – OSNepal

विदेश पठाई दिन्छु भनि २५ लाख ठगी गर्ने २७ वर्षीय सुजन काठमाडौंको बानेश्वरबाट समातिए

Osnepal May 26, 2022 0

काठमाडौं, १२ जेठ :

विदेश पठाई दिन्छु भनि २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा टोखा नगरपालिका–८ बस्ने चितवन भरतपुर महानगरपालिका–९ वसन्त चोक घर भएका २७ वर्षीय सुजनराज पाण्डे रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई मंगलबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो ।

पाण्डेले हंगेरीको लागि नक्कली भिषा निकाली पीडितबाट २५ लाख रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

टिपिकल क्लोथिङ एण्ड क्राफ्ट स्टोर नामक व्यवसायिक कम्पनी दर्ता गर्न लगाई यूरोपको जुनसुकै देशमा गएर ब्यपार व्यवसाय गर्न मिल्ने भिषा लगाई दिने प्रलोभन पाण्डेले पीडितहरुलाई दिएको भनाई प्रहरीको छ ।

उनीलाई ठगी कसूर अन्तर्गत थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Leave a Reply

Your email address will not be published.

भर्खर