सवारी दुर्घटनामा आठ जनाको मृत्यु — OSNepal

सवारी दुर्घटनामा आठ जनाको मृत्यु

LC (KTM) May 26, 2022 0

काठमाडौं, १२ जेठ :

दैलेख, अछाम, बर्दिया र बारामा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।

दैलेखको आठबिस नगरपालिका–२ सिस्नेस्थित सडकमा नेपालगन्जतर्फ जाँदै गरेको म।१ ख ६६० नम्बरको बस बुधबार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुल्लु नगरपालिका–९ बस्ने ३२ वर्षीय प्रेम सुनार समेत ३ जनाको घटनास्थलमै र १ जनाको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका बसमा सवार २० जनालाई स्थानीय मेडिकल हुँदै थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ टोट्केसालमा भे।१ त ८९३७ नम्बरको ट्रयाक्टरको ट्रली पल्टिँदा बुधबार ट्रयाक्टरमा सवार २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका सोही नगरपालिका–१ बस्ने ४२ वर्षीय अम्मर नाथ धमला र ३२ वर्षीय तारा धमलाको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

बर्दियाको मधुवन नगरपालिका–४ मख्खन चोकमा लु।६२ प ४७३९ नम्बरको मोटरसाइकल बुधबार दुर्घटना हुँदा चालक बासँगढी नगरपालिका–२ मदाहा बस्ने २५ वर्षीय आशिस चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

बाराको निजगढ नगरपालिका–९ गौरीशंकर क्याम्पसस्थित भित्री सडकमा बा।प्र–०३–००१ च ११४६ नम्बरको पिकअपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५५ वर्षीय सिताराम आचार्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर