यि हुन् सुशान्त नहुँदा रोकिएका यि १० फिल्म, जसका निर्माता निर्देशकलाई पनि लाग्यो कडा झड्का — OSNepal

यि हुन् सुशान्त नहुँदा रोकिएका यि १० फिल्म, जसका निर्माता निर्देशकलाई पनि लाग्यो कडा झड्का

LC (KTM) June 14, 2021 0

काठमाडौँ । बलिउड चर्चित अभिनेता सुशान्त सिंह राजपूत स्वर्गिय भएको आज एक वर्ष पूरा भएको छ । सुशान्तको अभावमा करिब १ दर्जन फिल्म प्रभावित भएका छन् । निधनअघि सुशान्तलाई धेरै फिल्मबाट अफर आएको थियो र उनको अभावमा ति फिल्म हिलेसम्म सुटिगं हुन सकेका छन् ।

विक्रम मेहताले सुशान्तलाई फिल्म ‘राइफलमेन’मा लिने तयारी गरेका थिए । उनको अभावमा उक्त फिल्म अहिलेसम्म निर्माण हुन सकेको छैन । सन्दीप सिंहले सुशान्तका साथ फिल्म ‘बन्दे मातरम’ घोषणा त गरे त फिल्मको सुटिगं हुन पाएन । निर्देशक रुमी जाफरी पनि सुशान्तलाई लिएर एक्सन थ्रिलर फिल्म बनाउन चाहन्थे ।

वाशु भगनानीले निर्माण गर्ने तयारी गरिएको फिल्ममा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले पनि अभिनय गर्ने कुरा थियो । त्यो मिसन पनि पुरै रह्यो । त्यस्तै कुमार मंगत पाठक अभिनेता सुशान्त र कार्तिक आर्यनलाई लिएर एक फिल्म बनाउने योजनामा थिए । तर यो योजना पनि योजनामा नै सिमित रहन पुग्यो ।

रसूल पुकट्टीले पनि सुशान्तलाई लिएर एक प्रेमकथाको फिल्म बनाउन कुरा अब कथा नै बन्यो । निकै चुजी सुशान्तले यि र यस्तै करिब १ दर्जन फिल्ममा काम गर्ने तयारी थियो । जसका निर्माता निर्देशकले सुशान्तलाई नै कुरिरहेका थिए । तर उनीहरुले ब सम्झनामा मात्रै सुशान्तलाई पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर