सरकारले सन्तुलित परराष्ट्र नीति लिन नसक्दा अमेरिकी हस्तक्षेप बढ्दै गयो : झलनाथ — OSNepal

सरकारले सन्तुलित परराष्ट्र नीति लिन नसक्दा अमेरिकी हस्तक्षेप बढ्दै गयो : झलनाथ

LC (KTM) May 26, 2022 0

काठमाडौं १२ जेठ । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले आफैले बनाएको प्रधानमन्त्री शेरबहादुर देउवामाथि प्रश्न गरेका छन् ।

सत्ता साझेदारी दल नेकपा एसका नेता खनालले सरकारको विदेश नीति संगतीपूर्ण नदेखिएको भन्दै तिब्बती शरणार्थी क्याम्पमा अमेरिकी उपविदेश लाई किन प्रवेश दिएको भन्दै प्रश्न गरेका हुन् ।

उपविदेश मन्त्रीलाई तीन चारवटा देशका राजदूतले स्वागत गरेको भन्दै यसमा सरकारको धारणा समेत उनले माग गरेका छन् । अमेरिकी उपविदेश मन्त्रीलाई नेपालमा कसले निम्तो दिएको भन्दै यसले राष्ट्रिय हितमाथि चोट लाग्ने काम गरेको आरोप समेत लगाएका छन् ।

सरकारले सन्तुलित परराष्ट्र नीति लिन नसक्दा अमेरिकी हस्तक्षेप बढ्दै गएको उनले दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर