त्रियुगामा गठबन्धन १४, १५, १६ र १, २ मा कांग्रेस विजयी — OSNepal

त्रियुगामा गठबन्धन १४, १५, १६ र १, २ मा कांग्रेस विजयी

LC (KTM) May 26, 2022 0

उदयपुर, १२ जेठ:

उदयपुरको सदरमुकाम गाईघाटस्थित पुरानो नगरपालिका त्रियुगा नगरपालिकाको पाँच वटा वडाको मत गणना सकिएको छ । वडा नम्बर १४, १५, १६, १ र २ वडा नम्बरको मत गणना सकिएको हो । वडा नम्बर १ मा नेपाली कांग्रेसका मनोजकुमार चौधरीको प्यानल दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

त्यसैगरी वडा नम्बर २ मा नेकपा एमालेका घमानसिंह खत्री दोस्रो कार्यकालमा लागि निर्वाचित भएका हुन् । वडा नम्बर १६ मा गठबन्धनका नेकपा माओवादी केन्द्रका मानबहादुर राईको प्यानलले अत्यधिक मतका साथ दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । वडा नम्बर १४ मा गठबन्धनका हिमराज मगरको प्यानल र १५ नम्बरमा गठबन्धनका गणेशप्रसाद तिम्सिनाको प्यानलै निर्वाचित भएका छन् ।

त्रियुगा नगरपालिका वडा नम्बर १ मा मनोजकुमार चौधरीले ७६२ मत सहित पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार नारायणप्रसाद ढकालले ४८२ मत पाए । विजयी वडासदस्यहरूमा अर्जुनकुमार चौधरी, तेजबहादुर बस्नेत रहेका छन् । महिला सदस्यमा श्यामकुमारी राई विजयी बनेकी छिन् भने दलित महिला सदस्यमा आरती सदा निर्वाचित भएका छन् ।

त्यसैगरी त्रियुगा नगरपालिका वडा नम्बर १६ मा वडाध्यक्षमा मानबहादुर राई निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट राईले ९ सय ३२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबहादुर मगरले ३ सय ३१ मत प्राप्त गरेका छन् भने एमालेका विष्णुबहादुर मगरले १ सय ३६ मत प्राप्त गरेका थिए । राई सहित वडामा प्यानलै विजयी भएको छन् ।

महिला सदस्यमा गोमा कार्कीले ८८० मत प्राप्त गरेकी छिन् भने दलित महिला सदस्य कुन्ती परियारले ८७५ ल्याई विजयी बनेका छन् । खुल्ला सदस्यहरूमा घमनसिंह राईले ८४८ मत ल्याई विजयी बनेका छन् भने अर्का खुल्ला सदस्य राम नारायण श्रेष्ठले ८२८ मत ल्याई विजयी भएका छन् । राई नेकपा माओवादी र नेकपा एसको संयुक्त गठबन्धनका वडाध्यक्ष उम्मेदवार हो । वडाध्यक्ष राईको पुन दोस्रो कार्यकाल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर