दुवाकोट सडक एक वर्षभित्र कालोपत्रे गरी निर्माण सम्पन्न गरिने — OSNepal

दुवाकोट सडक एक वर्षभित्र कालोपत्रे गरी निर्माण सम्पन्न गरिने

LC (KTM) May 26, 2022 0

भादगाउँ, जेठ १२ -चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरको वडा नं। २ स्थित दुवाकोट सडक एक वर्षभित्र कालोपत्रे गरी निर्माण सम्पन्न गरिने बताउनुभएको छ । दुवकोटको केएमसी चोकमा आज ढल विकास व्यवस्थापन कार्यको शिलान्यास गर्दै प्रमुख खत्रीले सल्लाघारीदेखि चाँगु जोड्ने उक्त सडक एक वर्षभित्र निर्माण सम्पन्न हुने गरी कार्य अघि बढाइने बताउनुभएको हो ।

भक्तपुरको सल्लाघारीबाट चाँगु जाने उक्त सडक दुवकोटमा प्रस्तावित वीर अस्पताल जाने मुख्य सडक हो । उक्त सडकले नगरको वडा नं। १, २ ३ र ४ लाई जोड्ने गर्दछ । उहाँले नगरमा सडकको कटान, डुबान जस्ता समस्या रहेको बताउँदै त्यस्ता समस्या समाधान गर्न घर अगाडिको कुलो, खोल्सा सफा राख्न नगरवासीलाई आग्रह समेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर