विहादी गाउँपालिका अध्यक्ष गुरुङ र उपाध्यक्ष तिवारीद्धारा पदभार ग्रहण — OSNepal

विहादी गाउँपालिका अध्यक्ष गुरुङ र उपाध्यक्ष तिवारीद्धारा पदभार ग्रहण

LC (KTM) May 26, 2022 0

पर्वत,जेठ १२ । जिल्लाको विहादी गाउँपालिकाका अध्यक्ष प्रविन गुरुङ र उपाध्यक्ष मिना तिवारीले पदभार ग्रहण गरेका छन् । बुधवार एक कार्यक्रमका वीच अध्यक्ष गुरुङ र उपाध्यक्ष तिवारीले पदभार ग्रहण गरेका हुन ।

गाउँपालिकाको अध्यक्ष पदभार ग्रहण पछि अध्यक्ष गुरुङले सम्बृद्ध विहादी निर्माणको लागि सवै पक्षसंगको सल्लाह र सुझाबका आधारमा अघि बढ्ने बताएका छन् ।

गुरुङ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । उपाध्यक्ष तिवारी भने नेकपा एमालेको तर्फबाट विजयी भएकी हुन् ।

पदभार ग्रहण कार्यक्रममा गाउँपालिकाका संस्थापक अध्यक्ष कमल भुषालले निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गरेका थिए । पदभार ग्रहण अघि निर्वाचित जनप्रतिनिधिहरुलाई कार्यालयका कर्मचारीहरुले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर