६१ हजार ७६७ मत सहित काठमाण्डौको मेयरमा बालेन शाह निर्वाचित — OSNepal

६१ हजार ७६७ मत सहित काठमाण्डौको मेयरमा बालेन शाह निर्वाचित

LC (KTM) May 26, 2022 0

अन्ततः काठमाडौं महानगरपालिकाले नयाँ मेयर पाएको छ । महानगरको मेयरमा बालेन्द्र साह बालेन निर्वाचित भए संगै काठमाण्डौले नयाँ मेयर प्राप्त गरेको हो । ईतिहास रच्दै बालेन स्वतन्त्र उम्मेदवारका रुपमा काठमाण्डौको मेयर बन्न सफल भएका हुन् । उनी ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन् । उनको निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् ।

नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याए । त्यस्तै उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल निर्वाचित भएकी छिन् । उनले ६८ हजार ६१२ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए । यो निर्वाचनमा काठमाण्डौ महानगरले युवा मेयर तथा उपमेयर प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर