सुतेकै ठाउँमा मनमायाको काल बनेर आयो एम्बुलेन्स — OSNepal

सुतेकै ठाउँमा मनमायाको काल बनेर आयो एम्बुलेन्स

LC (KTM) May 26, 2022 0

सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७ कि ७९ वर्षीया मनमाया खड्का दिनभरीको थकान मेटाउन आफ्नै घरमा सुतिरहेकी थिईन् । तर उनले कल्पना समेत गरेकि थिईन् सायद सुतेकै ठाउँमा आफ्नो प्राण पखेरु उठ्छ भनेर । हो यस्तै भयो उनको जिवनमा । उनी घरमै सुतिरहेका बेला गएराति एम्बुलेन्स अनियन्त्रित भएर सडक छेउमा रहेको उनको घरमाथि पल्टिँदा ज्यान नै गुमाउनु पर्यो ।

खड्का एम्बुलेन्स पल्टिँदा निदाएकै स्थानमा च्यापिएकी थिइन्। उनको सुतेकै ठाउँमा निधन भएको थियो । दोलखाबाट काठमाडौं आउदै गरेको बा २० च ६३२७ नम्बरको एम्बुलेन्स उनको काल बनेर आयो । चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी लामोसाँघु सिन्धुपाल्चोकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर