समाज रुपान्तरण क्रान्तिकारी ढंगले नभई विचलनतिर गएको छ : प्रचण्ड — OSNepal

समाज रुपान्तरण क्रान्तिकारी ढंगले नभई विचलनतिर गएको छ : प्रचण्ड

LC (KTM) May 27, 2022 0

काठमाडौ १३ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाज रुपान्तरण क्रान्तिकारी ढंगले नभई विचलनतिर गइरहेको बताएका छन् । यो खतरा दिनप्रतिदिन बढ्दो गएको भन्दै अध्यक्ष प्रचण्डले काम कारबाहीहरु भनाईसँग तालमेल नभएको बताएका छन् ।

शुक्रबार सहिद कृष्ण सेनको २० औं स्मृति दिवसमा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘हामीले चाहना त निकै राम्रो समाज निर्माण गर्ने भनेका छौं। हामीले कुरा पनि गरेका छौं तर हाम्रो दिनदिनैको काम कारबाहीहरु चाँहि हामी भनाईसँग तालमेल भइरहेको छैन। कहिँ न कहि हाम्रो सिस्टमभित्र अहिले पनि थुप्रे खोटहरु छन् ।’उनले भनेका छन् ।

विचार र निष्ठाको आधारमा होइन क्षणिकर व्यक्तिगत स्वार्थका निम्ति अस्वस्थ प्रतिस्पर्धामा हाम्रो समाज गइरहेको बताएका उनले सामाजिक रुपान्तरण र श्रमजीवी जनताको हितमा समर्पण नभए सहीदप्रति अपमान हुने बताएका छन् ।

सहिद कृष्ण सेन त्याग र तपस्याको प्रतिक भएको बताएका प्रचण्डले भने, ‘उहाँ हिंसाको विरुद्धमा हुनुहुन्थ्यो। उहाँ बलिदानको पनि प्रतिक हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर