हेटौंडाबाट सिमरातर्फ जाँदै गरेको अटोलाई बिच बाटो मै रोकेर चेक जाँच गर्दा ३५ केजी गाँजासहित सजन र भुवन समातिए — OSNepal

हेटौंडाबाट सिमरातर्फ जाँदै गरेको अटोलाई बिच बाटो मै रोकेर चेक जाँच गर्दा ३५ केजी गाँजासहित सजन र भुवन समातिए

LC (KTM) May 27, 2022 0

बारा, १३ जेठ :

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया तिनकुने चोकबाट करिब ३५ केजी गाँजा सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१३ वनस्पति बस्ने ३९ वर्षीय सजन स्याङ्गतान र ३५ वर्षीय भुवन तितुंग रहेका छन् ।

हेटौंडाबाट सिमरातर्फ जाँदै गरेको ना.२ ह २८८८ नम्बरको अटोलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी चालक सजन र अटोमा सवार भुवनलाई पक्राउ गरिएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर