एमालेलाई कमजोर बनाएर देश बलियो हुँदैन : अष्टलक्ष्मी शाक्य — OSNepal

एमालेलाई कमजोर बनाएर देश बलियो हुँदैन : अष्टलक्ष्मी शाक्य

LC (KTM) May 27, 2022 0

काठमाडौं १३ जेठ । नेकपा एमालेकी नेतृ तथा वाग्मती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा एमालेलाई कमजोर बनाउन सत्तारुढ गठबन्धन शक्तिशाली बन्न खोजेको आरोप लगाएकी छन् ।

शुक्रबारबाट सुरु भएको प्रदेशसभाको दसौं अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै नेतृ शाक्यले गठबन्धन शक्तिको दुरुपयोग गरेर लोकतन्त्र कमजोर बनाउनेतर्फ उद्दत भएको आरोप लगाएकी छन् ।

स्थानीय तहको निर्वाचनमा गठबन्धनले देखाएको चरित्रका कारण हाम्रो निर्वाचन प्रणाली, संघीयता र राजनीतिक दलप्रति नै प्रश्न उठेको भन्दै उनले एमालेलाई कमजोर बनाएर देश बलियो नहुने बताएकी छन् ।

‘लोकतन्त्र, गणतन्त्र र संघीयता जोगाऔं । यो हाम्रो साझा विषय हो । दललाई कमजोर बनाएर लोकतन्त्र बलियो हुँदैन । दल बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ,’ उनले भनिन् ।

सदन र समितिलाई चलायमान, प्रभावकारी र जवाफदेही बनाउनुपर्ने अहिलेको आवश्यकता भएको बताएकी उनले जेजति अप्ठेरो भए पनि बाँकी समय प्रभावकारी रूपमा सदनलाई अगाडि बनाउनु आफ्नो दायित्व भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर