नेपाली फिल्म ईतिहासमै ‘कबड्डी ४ द्धारा रेकर्ड ब्रेक, ओपनिङमै हान्यो करोडको ब्यापार — OSNepal

नेपाली फिल्म ईतिहासमै ‘कबड्डी ४ द्धारा रेकर्ड ब्रेक, ओपनिङमै हान्यो करोडको ब्यापार

LC (KTM) May 27, 2022 0

दयाहाङ राई स्टारर नेपाली फिल्म ‘कबड्डी ४– द फाइनल म्याच’ ले बक्स अफिसमा ओपनिङमै एकदमै राम्रो ब्यापार गरेको छ । रामबाबु गुरुङको निर्देशन रहेको यस फिल्मले नेपाली चलचित्रको इतिहासमै सबैभन्दा ठूलो ओपनिङ गरेको हो । पहिलो दिनमा फुल अकुपेन्सीका साथ चलचित्रले नयाँ कीर्तिमान रचेको हो ।

यस चलचित्रलाई मल्टिप्लेक्सहरुले राम्रै साथ दिए पछि ब्यापार चम्किएको हो । नेपाली चलचित्रमा अहिलेसम्मकै उच्च संख्यामा शो पाएपछि कबड्डी ४ ले यो कीर्तिमन बनाउन सफल भएको हो । चलचित्रले क्यूएफएक्समा १०५ शो र बिग मुभिजमा १७ शो प्राप्त गरेको छ । कबड्डी ४ ले पहिलो दिन साढे दुई करोडदेखि ३ करोड रुपैयाँ कलेक्सन गर्ने अनुमान गरिएको छ ।

यस चलचित्रले सर्वाधिक व्यापारको कीर्तिमान रचेको दक्षिण भारतीय चलचित्र ‘केजिएफ २’ को नेपालमा भएको कलेक्सन भन्दा बढी ब्यापार गरेको हो ।
चलचित्रले अबको दुई दिन उच्च व्यापार गर्ने निधो भइसकेको छ । भोलि शनिवारका लागि पनि देशव्यापी रूपमा शतप्रतिशत बुकिङ भएको छ भने आइतबारको ६५ प्रतिशत टिकट बिक्रि भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर