गणतन्त्र दिवसका अवसर पारेर राष्ट्रपति भण्डारीद्वारा ८ सय ३४ कैदीको सजाय मिनाहा — OSNepal

गणतन्त्र दिवसका अवसर पारेर राष्ट्रपति भण्डारीद्वारा ८ सय ३४ कैदीको सजाय मिनाहा

LC (KTM) May 28, 2022 0

काठमाडौं :

राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सय ३४ कैदीको सजाय मिनाहा गरेकी छन् । विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८ सय ३४ जना कैदीको भण्डारीले मिनाहा गरेकी हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गणतन्त्र दिवसका अवसरमा ती कैदीको सजाय माफी गरिदिएकी हुन् ।

राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसहित २ सय ७१ जना र नरबहादुर साँवासहित ५ सय ४७ तथा उमाकान्त पराजुलीसहित १६ जनालाई यही जेठ १५ गतेदेखि कैद माफी मिनाहा भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।गणतन्त्र दिवस–२०७९ भोलि मनाइँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर