अक्षय कुमारको फिल्म ‘पृथ्वीराज’ले नाम परिवर्तन गर्यो — OSNepal

अक्षय कुमारको फिल्म ‘पृथ्वीराज’ले नाम परिवर्तन गर्यो

LC (KTM) May 29, 2022 0

बलिउड अभिनेता अक्षय कुमारको रिलिज हुन लागेको फिल्म ‘पृथ्वीराज’ले नाम परिवर्तन गरेको छ । फिल्म निर्माण कम्पनी यशराज फिल्म स्टुडियोले करणी सेनाको विरोधका कारण नाम परिवर्तन गर्दै फिल्मको नाम अब ‘सम्राट पृथ्वीराज’ राख्ने निर्णय लिएको हो । फिल्म यही ३ जुनमा रिलिज हुँदैछ ।

यो फिल्म रिलिज हुने तयारी भइरहँदा करणी सेनाले यशराज स्टुडियोसँग फिल्मको नाम फेर्न माग राखेको थियो । करणी सेना पनि फिल्मको नाम ‘पृथ्वीराज’बाट ‘सम्राट पृथ्वीराज’ होस् भन्ने चाहन्थ्यो । त्यहीकारण उनीहरुको मागलाई सम्बोधन गर्दै यशराजले नाम फेरेको हो ।

फिल्ममा अभिनेता अक्षय कुमार मुख्य सम्राट पृथ्वीराजको भूमिकामा देखिँदैछन् । फिल्ममा पूर्व मिस वल्र्ड मानुषी छिल्ल र संयोगिताको भूमिकामा छिन् । यो उनको डेब्यू फिल्म हो । फिल्म हिन्दी, तमिल र तेलुगु भाषामा विश्वभर रिलिज हुँदैछ ।राजधानि दैनिकमा खबर छ ।

चन्द्रप्रकाश द्विवेदीको निर्देशनमा बनेको यो ऐतिहासिक ड्रिम फिल्मको हो लागि निर्माण पक्ष भने जोडतोडका साथ प्रमोसनमा जुटेको छ । कोरोना महामारी अन्त्य भएसँगै बलिउडमा धमाधम फिल्म रिलिज हुन थालेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर