उपराष्ट्रपति यादव र भियतनामी राजदूत हाईबीच भेट — OSNepal

उपराष्ट्रपति यादव र भियतनामी राजदूत हाईबीच भेट

LC (KTM) April 29, 2024 0

काठमाडाैँ, १७ वैशाखः उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका गैरआवासीय राजदूत गुएन थान हाईले शिष्टाचार भेट गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको उक्त भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्ध तथा व्यापार, लगानी र पर्यटनलगायत विषयमा छलफल भएको थियो ।

उपराष्ट्रपति यादवले काठमाडौँमा जारी लगानी सम्मेलनमा भियतनामको सहभागिताले भविष्यमा त्यहाँबाट नेपालमा लगानी भित्र्याउन पहल हुने विश्वास व्यक्त गर्नुभएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटमा भियतनामका राजदूत गुएन थान हाईले नेपाल र भियतनामबीचको सम्बन्धलाई थप सुदृद्ध र प्रगाढ बनाउन आफूले सक्दो प्रयास गर्ने उल्लेख गर्दै दुई मुलुकबीच सीधा हवाई उडान स्थापनाको गृहकार्य भइरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर