पुराना छायाँकार राम शंकर प्रधानको ७२ बर्षको उमेरमा निधन — OSNepal

पुराना छायाँकार राम शंकर प्रधानको ७२ बर्षको उमेरमा निधन

LC (KTM) June 14, 2021 0

नेपाली चलचित्र सुन्दर मेरो नाम, फेरि तिम्रो याद आयो जस्ता सुपरहिट चलचित्र छायाँकन गर्ने पुराना छाँयाकार राम शंकर प्रधानको निधन भएको छ । नेपाली चलचित्र क्षेत्रका एकदमै पुराना छायाँकार प्रधानको आइतबार बेलुका ७२ बर्षको उमेरमा निधन भएको हो ।

प्रधान मृगौला सम्बन्धि रोगबाट पीडित थिए । लामो समयदेखि डायलासिस गराउँदै आएका प्रधानको वीर अस्पतालमा निधन भएको हो । उनको आज बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको जनाइएको छ ।

उनको निधनप्रति नेपाली चलचित्र क्षेत्रका बिभिन्न कलाकारहरुले दुख व्यक्त गरेका छन् । उनको निधन संगै सिंगो नेपाली सिने जगत दुःखी बनेको छ । उनले नेपाली चलचित्र त्रिनेत्र’, ‘अजम्बरी नाता’, ‘चलचित्र’, ‘फेरि तिम्रो याद आयो’ ‘पर्खी बसेँ, ‘सुन्दर मेरो नाम’, ‘लगनगाँठो’, ‘रगत’ लगायत दर्जनौं नेपाली फिल्मको छायाँकन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर