आगामी साउनदेखि सरकारले सिंहदरबारबाटै ग्याँस सिलिण्डर विस्थापन अभियान सुरु गर्ने — OSNepal

आगामी साउनदेखि सरकारले सिंहदरबारबाटै ग्याँस सिलिण्डर विस्थापन अभियान सुरु गर्ने

LC (KTM) May 29, 2022 0

काठमाडौ १५ जेठ । सरकारले सिंहदरबारबाटै ग्याँस सिलिण्डर विस्थापन अभियान सुरु गर्ने भएको छ ।

सकारले ‘एलपी ग्याँस छोडौं, बिजुली जोडौं’ कार्यक्रम अन्र्तगत आगामी साउनदेखि सिंहदरबार परिसरबाट ग्याँस सिलिण्डर विस्थापन सुरु गरिने घोषणा गरेको हो ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले ‘एलपी ग्याँस छोडौं, बिजुली जोडौं’ कार्यक्रम घोषणा गरेका हुन् ।

साथै, उक्त बजेमा अबको तीन महिनामा भित्र महानगर र उपमहानगरका सार्वजनिक कार्यालय र निवासलाई ग्याँस सिलिण्डर मुक्त बनाइने पनि जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर