आगामी आर्थिक वर्षको बजेट आकार १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ — OSNepal

आगामी आर्थिक वर्षको बजेट आकार १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ

LC (KTM) May 29, 2022 0

काठमाडौं १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ ।

आइतबार जनार्दन शर्माले संसद बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोज गरिएको बताएका हुन् ।

आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन भएको शर्माले बताएका छन् ।

आर्थिक वर्षमा सरकारले स्रोत जुटाउन १२ खर्ब ४० अर्ब ११ करोड राजस्व जुटाउने तथा २ खर्ब ५६ आन्तरिक ऋण उठाउने घोषणा गरेको छ ।

साथै, सरकारले ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने , बाँकी स्रोत पूर्तिका लागि २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण लिइने सरकारले घोषणा गरेको शर्माले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर