उदय सोताङ्गको आवाजमा "कहाँ बित्छ र जिन्दगी" सार्बजनिक (भिडियो सहित) — OSNepal

उदय सोताङ्गको आवाजमा “कहाँ बित्छ र जिन्दगी” सार्बजनिक (भिडियो सहित)

LC (KTM) May 29, 2022 0

काठमाण्डौ। लोकप्रिय पुराना गीतकार तथा साहित्यकार सर्जक शेखर ढुङ्गेलको शब्द तथा सुमधुर स्वरका धनी उदय सोताङ्गको स्वर तथा संगीतमा रहेको गित ‘कहाँ बित्छ र जिन्दगी त्यति सहजै’ सार्बजनिक भएको छ।

लामो समयदेखि अमेरिका बस्दै आएका गीतकार ढुंगेलको यस गीतको भिडियो आर्टिस्ट नेपाल नेटवर्क प्रालिको ब्यानरमा तयार भएको हो। यस गीतको भिडियोमा रोशन सुबेदी, अपेक्षा खड्का र बालकलाकार सार्थ पण्डितको अभिनय छ। भिडियोमा गीतकार शेखर पनि आफैँ फिचार्ड भएका छन्।

प्रस्तुत गीतमा उदय सोताङ्गकै संगीत रहेको छ । सचिन सिंहको संगीत संयोजन तथा मित्र लामाको मिक्सिङ्ग रहेको यस गीतको म्युजिक भिडियोलाई निर्देशन नव ढुङ्गेलले गरेका हुन् भने छायांकन अमृत सुनुवार र सम्पादन माधब बेलबासेले गरेका छन् । आर्टिस्ट नेपाल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतलाई मन पराइदिनु हुनेछ भन्ने कुरामा निर्माण युनिट ढुक्क रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर