संघीय बजेटले कर्णाली राजमार्ग र जुम्ला स्वास्थ्य प्रतिष्ठानलाई उपेक्षा गरेकाे आराेप — OSNepal

संघीय बजेटले कर्णाली राजमार्ग र जुम्ला स्वास्थ्य प्रतिष्ठानलाई उपेक्षा गरेकाे आराेप

LC (KTM) May 30, 2022 0

जुम्ला, १६ जेठ-सरकारले प्रस्तुत गरेको २०७९/८० काे बजेटमा जुम्ला उपेक्षामा परेको छ । संघीय सरकारको बजेटमा नसमेटेर कर्णालीको जीवनरेखा मानिने कर्णाली राजमार्ग र कर्णाली स्वास्थ्य विज्ञान शिक्षण अस्पताललाई उपेक्षा गरेकाे आराेप छ ।

अर्थमन्त्री जनार्दन शर्माले राजस्व र व्ययको वार्षिक अनुमानसहितको १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट सार्वजानिक गरे । जसअन्तरर्गत मुलुकका सातै प्रदेशका विशेष महत्वका आयोजना र सात सय ५३ स्थानीय तहका विभिन्न योजना बजेटमा समेटिएका छन् । तर, जुम्लावासीको भरोसाकाे केन्द्र, कर्णाली प्रतिष्ठान र कर्णालीको जीवनरेखा कर्णाली राजमार्ग स्तरवृद्धि अभावले मृत्युमार्गका रुपमा परिणत हुँदा समेत संघीय बजेटमा नसमेटिएकाे आराेप छ ।

कर्णालीकै सांसद अर्थमन्त्री हुँदा पनि कर्णाली प्रतिष्ठान र कर्णाली राजमार्गबजेटमा नसमेटिनु विडम्बना भएकाे उनीहरूकाे भनाइ छ । पूर्वराज्यमन्त्री बहादुर महत भन्छन्, ‘सिटामोल नपाईने कर्णालीमा विशषज्ञ स्वास्थ्य सेवादेखि डाक्टर पढाई सुरु भएको छ । भवन अभावले भाडाका घरमा प्राध्यापकहरू बस्न बाध्य छन् । विशेष बजेटले मात्रै हाेइन कर्णालीकै अर्थमन्त्रीले समेत उपेक्षा गरे ।’

प्रतिष्ठानका पूर्व रजिष्टार विश्वराज काफ्लले पनि बजेटमा प्रतिष्ठानलाई उपेक्षा गर्नुलाई प्रतिष्ठानलाई सक्काउने खेल भएको प्रतिक्रिया दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर